बन्दले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

बन्दले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

महेन्द्रनगरः थरुहट संघर्ष समितिले आब्हान गरेको कैलाली र कञ्चनपुर बन्दले जनजीवन प्रभावित भएको छ। बिहानैदेखि कैलाली र कञ्चनपुरमा यातायात, बजार, कलकारखाना, शिक्षण संस्था बन्द छन्।

लामो तथा छोटो दुरीका सवारीका साधन सञ्चालन भएका छैनन्। यातायातका साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन्। भारतबाट काम गरेर घर फर्किएका मानिसहरु महेन्द्रनगर, धनगढी लगायतका बसपार्क क्षेत्रमा अलपत्र परेका छन्। महेन्द्रनगरमा बजार क्षेत्र खुलेपनि राजमार्ग क्षेत्रमा रहेका बजार भने बन्द नै रहेका छन्।

शिक्षण संस्था र कलकारखाना भने बन्द रहेका छन्। यातायात सेवा नचल्दा विभिन्न गन्तव्यमा जाने यात्रुहरु मर्कामा परेका हुन्। प्रहरीले स्कर्टिङ्ग गर्ने भनेपनि यातायात व्यवसायीहरुले भने सवारी साधन चलाउन नमानेको प्रहरीले जनाएको छ।

बन्दलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्दले बताए। थरुहट तराई पार्टीका केन्द्रिय सदस्य कीर्तिबहादुर थापा मगरले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा कैलाली कञ्चनपुर बन्द आब्हान गरिएको बताए। उनले सरकारले ल्याएको संशोधन प्रस्तावले कैलाली कञ्चनपुरका थारु समुदायलाई सम्बोधन नगरेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.