ब्राउन सुगर कारोबारमा संलग्नलाई १६ वर्षको कैद सजाय

ब्राउन सुगर कारोबारमा संलग्नलाई १६ वर्षको कैद सजाय

जाजरकोटः लागु औषध अफिम (ब्राउन सुगर) कारोवारीमा संलग्न दुई जनालाई जिल्ला अदालत जाजरकोटले जनही आठ लाख नगदसहित १६ वर्ष जेल सजायको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले लागु औषध ऐन २०३३ अनुसार जाजरकोट नायकवाडा–६ का निमबहादुर सिंह र नायकवाडा–८ का कुशबहादुर महतारालाई उक्त सजायको फैसला गरेको हो।

त्यस्तै मतियारको रुपमा काम गरेका तकसेरा–१ रुकुमका टेकवीर बुढालाई ८ लाख रुपैयाँ जरिवानासहित १० वर्ष कैद सजाय गरिएको छ। उनीहरुलाई गत असार २२ गते एक किलो चार ग्राम अफिमसहित रंगेहात प्रहरीले जाजरकोट खलंगाबाट पक्राउ गरेको थियो। अफिमको मुख्य कारोवारीसँग लैजाने क्रममा विशेष सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

अफिमबाट लागु औषध ब्राउन सुगर बन्ने गर्दछ। जाजरकोट तथा रुकुमका केही भागमा अफिमको खेती हुने गरेको र यहाँको अफिम देशका ठुला शहर हुँदै भारत लगायतका देशमा निर्यात हुने गरेको प्रहरीको भनाइ छ।

जाजरकोट प्रहरीले गत वैैशाखमा जिल्लाको खगेनकोट, रग्दा र भगवती गाविसमा लगाइएको १० रोपनी अफिम खेती नष्ट गरेको थियो। पुर्पक्षका लागि थुनामा रहेका तीनै जनालाई फैसलापछि कारागार चलान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.