झापामा मोटरसाइकल दुर्घटना, दुर्इको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना, दुर्इको मृत्यु

सुरुङ्गा: झापामा मोटरसाइकल दुर्घटनामा दुर्इ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गिरीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.