अब संसद्‍मा अवरोध नहुने सभामुखको विश्वास

अब संसद्‍मा अवरोध नहुने सभामुखको विश्वास

काठमाडौँः सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गरेकी छिन् ।

व्यवस्थापिका–संसद् सचिवालयले गरेको ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् , संसद्‍मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।’

मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समयबद्ध कार्यान्वयन नै हो भन्दै उनले २०७४ माघभित्रै तीन तहको निर्वाचन पूरा गरी मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लाग्नुपर्ने बताइन् ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रेसको सिर्जनात्मक आलोचनाले संसद् र सांसदलाई समृद्ध र सुदृढ तुल्याउन योगदान दिने बताए ।

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेता र सांसद सक्रिय भएमा जनताको प्रतिनिधि निकाय, संस्था संसद् स्वतः प्रभावकारी हुनेछ, बताइन् ।

संसदीय पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयालले संसद्‍मा जनताको पहुँच भनेको प्रेस मार्फत सहज रुपमा जनता समक्ष सूचना पुर्याउनु हो भन्ने पक्षलाई सरकार र संसद्ले बुझ्न जरुरी भएको बताए ।

दुई दिने सो कार्यक्रममा संसद्लाई प्रमुख बिट बनाएर कार्यरत सञ्चारकर्मी र संसद्का कर्मचारीको सहभागिता छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.