लोकमानमाथि मोसो दल्नु निन्दनीयः कमल थापा
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान अयाोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतमा मोसो दलिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
बिहीबार सर्वोच्च अदालत परिसरमा भएको व्यवहार निन्दनीय भएको थापाको भनाइ छ । कार्कीमाथि मोसो दलिएकोप्रति आपत्ति जनाउदै थापाले ट्वीटरमा लेखेका छन्, ‘लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमा भएको अभद्र व्यवहार निन्दनीय छ ।’
थापाले विधिको शायन र मर्यादित व्यवहार नै प्रजातन्त्रको आधारभूत मान्यता भएकाले त्यसलाई सबैले मान्नुपर्नेै समेत उल्लेख गरेका छन् । ‘विधिको शासन र मर्यादित व्यवहार प्रजातन्त्रको आधारभूत मान्यता हो’, थापाले भनेका छन् ।
बिहीबार दिउँसो सर्वोच्च अदालतमा तारेख बुझ्न पुगेका कार्कीलाई नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मोसो दलेका थिए । कार्कीमाथि मोसो दल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लोकमान सिंह कार्की माथी सर्वोच्च अदालत परिसरमा भएको अभद्र व्यवहार निन्दनिय छ। विधिको शासन र मर्यादित व्यवहार प्रजातंत्रको आधारभूत मान्यता हो pic.twitter.com/NSxZbl6EEf
— Kamal Thapa (@KTnepal) December 22, 2016