राप्रपा महाधिवेशनः चार हजार प्रतिनिधि छनोट हुने

राप्रपा महाधिवेशनः चार हजार प्रतिनिधि छनोट हुने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ।

राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ। पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने निर्णय भइसकेको छ।

यस पटक दुवै पार्टीभित्रको सन्तुलन मिलाउन करिब चार हजार प्रतिनिधि छनोट हुने बताइएको छ । गत मङ्सिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको छ।

अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ। गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिए पनि पार्टीभित्रका आन्तरिक विवाद तथा जिल्ला तहमा नेतृत्व लिने नेताबीचको द्वन्द्वका कारण प्रक्रिया केही लम्बिएको हो।

गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा गरिरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.