गुरिल्ला ट्रेलरको उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड

गुरिल्ला ट्रेलरको उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड

रुकुमः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला टे«ल एवम् जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरेका छन् ।

शनिबार रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रचण्डले गुरिल्ला ट्रेलको उद्घाटन गरेका हुन् । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालय स्थापना भएको हो ।

चुनवाङ पुगेर प्रधानमन्त्री भावुक समेत भएका छन् । ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको र देशमै उथलपुथल ल्याउने बैठक बनेको थियो ।

‘चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बुँदे समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित र भावुक पनि छु ।’

कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन ‘अनन्त’, गणेशमान पुन, जोखबहादुर महरालगायत पुगेका थिए ।

तात्कालीन नेकपा माओवादीले म्याग्दीको बेनी आक्रमणमा चुनवाङदेखि बेनीसम्म पैदल यात्रा गरेको इतिहासलाई स्मरण गर्दै चुनवाङदेखि बेनीसम्म गुरिल्ला ट्रेलको परिकल्पना गरेको र अहिले पर्यटकीय पदमार्गको रुपमा स्थापित हुँदै गएको माओवादी नेता एवं पूर्वमन्त्री गणेशमान पुनले बताए ।

गुरिल्ला ट्रेलका लागि जिल्ला विकास समिति रुकुमले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ। पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ । यसैगरी चुनवाङदेखि घोराहीसम्म पद यात्रा गर्न सकिने पूर्वमन्त्री पुनले जानकारी दिए ।

गुरिल्ला ट्रेलसँगै उद्घाटन गरिएको युद्ध संग्रहालयमा तात्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसका ऐतिहासिक घटनाक्रम, महत्वपूर्ण निर्णय लगायतका जनयुद्धसँग सम्बन्धित ऐतिहासिक सामाग्रीहरु सुरक्षित रहनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.