एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

चितवन: सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले अाइतबार सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुस २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको अाइतबार निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले पुस २७ गते एकता दिवसका अबसरमा सार्वजनिक विदा दिइनु पर्नेमा अाफूले निरन्तर जोड दिइरहेको बताएका हुन्।

ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प नरहेको बताए।

संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने,'फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ।' संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.