सातौं राष्ट्रिय खेलकुद अर्न्तगतको फुल कन्ट्याक कराते स्थगित

सातौं राष्ट्रिय खेलकुद अर्न्तगतको फुल कन्ट्याक कराते स्थगित

धरानः सातौं राष्ट्रिय खेलकुद अर्न्तगतको फुल कन्ट्याक कराते प्रतियोगिता आइतवारदेखि स्थगित भएको छ । ६० केजी तौल समुहमा नेपाली सेनाका बद्रि थापामगर र मध्यमाञ्चल विकास क्षेत्रका सन्तोष कुमार लामा बीचको खेलमा एम्पाइरले गलत निर्णय गरेको भन्दै नेपाली सेनाले आपत्ती जनाएपछी फुल कन्ट्याक कराते प्रतियोगिता स्थगित भएको हो ।

फुल कन्ट्याक कराते स्थगित भएपछि धरानरंगशालामा प्रतियोगितामा भाग लिन आएका खेलाडी अलपत्र परेका छन् । खेलाडीले सही निर्णय गर्न नसक्ने एम्पायरलाई कारर्वाही गरी तत्काल खेल सुचारु गर्न आग्रह गरेका छन् ।

आईतवार भएको नेपाली सेना र मध्यमाञ्चल बीच भएको खेलामा सहायक एम्पायरले फल्ड देखाएको तर, मुख्य एम्पायर रोशन कपालीले मध्यमाञ्चलका खेलाडीको जित घोषना गरेपछि सेनाले आपत्ती जनाएर प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएपछि आयोजकलाई प्रतियोगिता संचालन गर्न समस्या भएको प्रतियोगिताका स्थानीय व्यबस्थापक सुवास राईले बताए । उनले प्रतियोगितामा एम्पायरले सही डिसिजन गर्न नसक्नु कमजोरी भएको बताए ।

खेलाडले तत्काल खेल सुचारु गरेर समयमा नै सम्पन्न गर्न माग गरेको भएपनि आयोजक राखेपले खेल संचालन गर्न सकेको छैन् । प्रतियोगिता संचालन गर्नका लागि कराते महासंघका अध्यक्ष दमन बस्नेतले सहायक रेफ्रि जयमान घिसिङले गलत निर्णय गरेका कारण उनलाई कारर्वाही गरी सकिएको केहि बेरमै खेल सुचारु हुने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.