प्राधिकरण प्रमुख ज्ञवालीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए स्पष्टीकरण

प्राधिकरण प्रमुख ज्ञवालीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए स्पष्टीकरण

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सोधेको पाँच बुँदे प्रश्नको स्पष्टीकरणसहित जवाफ बुझाएका छन् ।

बुधबार दिउँसो कार्यकारी प्रमुख ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर स्पष्टीकरणसहितको जवाफ बुझाएका हुन् । पत्र बुझाएपछि कुरा गर्दै ज्ञवालीले भने, ‘सरकारले सोधेको स्पष्टीकरणमा सोधिएका पाँच प्रश्नको जवाफ तोकिएको समयमै पेश गरेको छु ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षअघि नियुक्त गरेका ज्ञवालीलाई प्रचण्ड नेतृत्वको सरकारले हटाउने उद्देश्यका साथ गत विहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधेको थियो ।

प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्ने र त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाइ पेस गर्ने मौका दिनुपर्ने भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐनको दफा ११ को उपदफा ४ मा रहेको व्यवस्थामा टेकेर मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

ऐनको दफा ३ मा पाँच वर्षका लागि नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको पदावधि आवश्यकताअनुसार बढीमा एक वर्षका लागि थप गर्नसक्ने व्यवस्था छ । प्रधानमन्त्री दाहाल प्राधिकरण र कांग्रेसको चेपुवामा परेका छन् । कांग्रेसको दबाबमा प्रधानमन्त्री दाहालले ज्ञवालीसँग स्पष्टीकरण सोधेको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.