इन्फोकस स्मार्टफोन बजारमा

इन्फोकस स्मार्टफोन बजारमा

काठमाडौः १३ मेगापिक्सलको सेल्फी क्यामेरासहित इन्फोकस ६८० स्मार्टफोन बजारमा आएको छ । अमेरिकन ब्रान्ड इन्फोकसको नेपालका लागि आधिकारिक बिक्रेता प्रिजम इन्टरप्राइजेज प्रालिले बजारमा इन्फोकस ६८० सार्वजनिक गरेको हो ।

१९ हजार नौ सय ९० मूल्य तोकिएको यस स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ ।

आकर्षक, स्लिम र मेटल बडिको डिजाइनमा रहेको फोनमा २ जीबी र्याम प्रयोग गरिएको छ । स्मार्टफोनमा १६ जीबी आन्तरिक मेमोरी छ जसलाई माइक्रो एसडी कार्डको प्रयोग गरी ६४ जीबीसम्म थप्न सकिने कम्पनीले जनाएको छ ।

यस स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर एवं फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ । यो फोन सेल्फी खिच्न चाहने ग्राहकका लागि बढी प्रभावकारी हुनेछ । एन्ड्रोइड मार्समालो ६.० अपोरेटिभ सिस्टममा आधारित यस स्मार्टफोनले जी सेवा पनि सपोर्ट गर्नेछ । फोनमा २६०० एमएचको ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.