गाउँदेखि सिंहदबारसम्म भ्रष्टाचार हुन्छः बाबुराम

गाउँदेखि सिंहदबारसम्म भ्रष्टाचार हुन्छः बाबुराम

बेसीशहर : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले गाउँदेखि सिंहदबारसम्म भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन्।

नयाँ शक्ति लमजुङले बिहीबार ‘आर्थिक समृद्धि हाम्रै पालामा’ विषयमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै भट्टराईले भ्रष्टाचार सम्बन्धी यस्तो बताएका हुन् ।

‘राज्यका हरेक निकायमा ८० प्रतिशत भ्रष्टाचार हुन्छ, अनि कसरी विकास र समृद्धि हुन्छ ? उनले प्रश्न गरे, ‘गाउँदेखि सिहंदरबारसम्म फैलिएको भ्रष्टाचारको प्वालले मुलुकको विकास रोकेको छ ।’

उनले राष्ट्रियता र लोकतन्त्रको जगमा उभिएर आर्थिक समृद्धिको नारा लिएर अगाडि बढ्नु आवश्यक भएको बताए ।

‘पञ्चायत कालमा पनि विकासका मुल फुटाउनका लागि निकै बोलियो, कांग्रेस, एमाले र माओवादीले पनि विकासका लागि धेरै बोले, तर खोइ त विकास ?’, बाबुरामले भने,

'माओवादी ढोकामा बसेको भुक्ने कुकुर मात्र हो'

बाबुरामले माओवादीमा रहेर विकास र समृद्धि नहुने भएकाले आफूले पार्टी छोडेर नयाँ शक्ति गठन गरेको दाबी गरे ।

‘पूर्ण रुपमा कम्युनिष्ट व्यवस्था पनि ठिक रहेनछ, पूँजीवादका पनि केही सीमा छन्’, उनले भने, ‘वाम लोकतान्त्रिक विचारको फ्युजन र अन्तिम गन्तव्य समाजवाद नेपालको आवश्यकता हो ।’

माओवादीको आलोचनामा खरो उत्रिएका बाबुरामले माओवादी केन्द्रलाई ढोकामा बसेको भुक्ने कुकुरको संज्ञा दिए । ‘देशको विकास लागि मुलुकको लगानीले मात्रै पुग्दैन, बाह्य लगानी भित्राउन ‘कम्युनिष्ट’ बाधक छ’, उनले भने, ‘पाहुना बोलाएर घरमा भोटे कुकुर छाडेर हुन्छ ?’

उनले एमालेले चलाएको राष्ट्रियताको बहस भोटको खेती मात्रै भएको टिप्पणी गरे । ‘एमालेले भोटको खेतीको लागि मात्रै राष्ट्रियताको बहस चलाएको छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.