राजदूत भागबन्डा मिल्यो, निर्णय चाँडै हुने

राजदूत भागबन्डा मिल्यो, निर्णय चाँडै हुने

काठमाडौं: सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापतिबीच पटकपटक भएका छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले र एक देशमा साना दलका तर्फबाट राजदूत सिफारिस गर्ने सहमति भएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राजदूत नियुक्ति सिफारिसका लागि निरन्तर गरेको प्रयासबीच सत्तारूढ दलबीच भागबन्डा मिलेको हो ।

प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफारिस गर्दा दुवै पार्टीले ५०/५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आएका थिए । कांग्रेस सभापति देउवाले भने संसद्को ठूलो दलको नाताले राजदूत सिफारिस गर्दा कांग्रेसलाई ६० प्रतिशत कोटा दिइनुपर्ने अडान लिएका थिए । त्यसैका कारण राजदूत नियुक्ति सिफारिसमा सहमति जुट्न सकेको थिएन ।

सत्तारूढ दलबीच कसले, कति देशमा राजदूत सिफारिस गर्ने तथा कसलाई राजदूत बनाउने भन्ने विवादका कारण सिफारिसमा ढिलाइ भएको छ । परराष्ट्रमन्त्री महतनिकट स्रोतले राजदूत नियुक्ति सिफारिसका लागि सत्तासाझेदार दलबीच सहमति भइसकेको जानकारी दियो ।

'मन्त्रीज्यू कतार भ्रमणबाट फर्केलगत्तै राजदूत सिफारिस हुने सम्भावना छ', स्रोतले भन्यो । सरकारले जापान, बहराइन, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, इजरायल, संयुक्त अरब इमिरेट्स, दक्षिणकोरिया, कतार, म्यानमार, साउदी अरेबिया, डेनमार्क र ओमनका लागि राजदूत सिफारिस गर्ने तयारी गरिरहेको परराष्ट्रमन्त्री महतले बताए ।

माओवादी केन्द्रले पूर्ववर्ती ओली सरकारका पालामा सिफारिस गरेका चारजनालाई अबको नियुक्ति सिफारिसमा दोहोर्‍याउने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । त्यसबेला माओवादी केन्द्रले युवनाथ लम्साल, डा. महेन्द्र सिंह, लक्की शेर्पा र पदम सुन्दासलाई राजदूतका रूपमा प्रस्ताव गरेको थियो ।

सरकार परिवर्तन भएसँगै एमालेद्वारा प्रस्तावितलगायत राजनीतिक कोटामा सिफारिस भएका १४ जनाको नाम सरकारले फिर्ता लियो । यद्यपि परराष्ट्र सेवाका सहसचिव ८ जनालाई भने दाहाल सरकारले निरन्तरता दिएको थियो । परराष्ट्र सहसचिवले नियुक्ति पाएका मुलुकका दूतावासमा कार्यभार समालिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.