मेसीले बनाए ला लिगामा नयाँ रेकर्ड
![मेसीले बनाए ला लिगामा नयाँ रेकर्ड](https://annapurnapost.prixacdn.net/media/albums/messi-587b27c6d36e66.46329260_VeHLo6drvc.jpg)
काठमाडौंः बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले ला लिगा फुटबलमा नयाँ रेकर्ड बनाएका छन्।
ला लिगा अन्तर्गत गएराति भएको खेलमा लास पाल्मसविरुद्ध गोल गर्दै मेसीले ला लिगामा नयाँ रेकर्ड बनाएका हुन्। ला पाल्मसविरुद्ध गोल गरेका २९ वर्षीय मेसीले ला लिगामा अहिले रहेका २० वटै क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बने। योसँगै मेसीले ला लिगाका फरक–फरक ३५ क्लबविरुद्ध गोल गर्ने दोस्रो खेलाडी बने। यसअघि मेसी ला लिगामा रहेका क्लबमध्ये लास पाल्मसविरुद्धमात्रै गोल गर्न सकेका थिएनन्।
यसअघि रियल मड्रिडका लिजेन्ड राउल गोञ्जालेजको नाममा रहेको कीर्तिमानी मेसीले शनिबार राति बराबरी गरे।
गएराति भएको ला लिगा फुटबलमा बार्सिलोनाले लास पाल्मसलाई ५–० गोल अन्तरले पराजित गरेको थियो। लास पाल्मसलाई पराजित गर्ने क्रममा लुइस स्वारेजले दुई, लियोनल मेसी, एलेक्स भिडाल र आड्रा टुरानले एक–एक गोल गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)