हुन्डाइको एक्सचेन्ज क्याम्प
काठमाडौः नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने लामो एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
माघ ६ गते बिहीबारदेखि माघ ८ गते शनिबारसम्म हुन्डाइ ब्रान्डका सबै मोडलमा लागू हुनेगरी राष्ट्रब्यापी रूपमा कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजनासहित सवारी साधन प्रोमोट गर्ने अवसरका रूपमा कम्पनीले उक्त क्याम्प सञ्चालनमा ल्याएको जनाएको छ ।
एक्सचेन्जसँगै कम्पनीले हरेक गाडीको बिक्रीमा आफ्ना ग्राहकलाई नगद छुट, एक वर्षे गाडी बिमा, रोड ट्याक्स, लोयल्टी बोनस, विशेष ब्याजदर र एक्सचेन्ज बोनस प्रदान गर्नेछ ।
कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेकामध्येबाट हरेक दिन लक्की ड्र गरी एक भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी जे ७ स्मार्टफोन प्रदान गरिने कम्पनीले जनाएको छ ।