एलजीको दोस्रो चरणको कुकिङ कक्षा सुरु
काठमाडौः एलजीले माइक्रोवेभको दोस्रो चरणको कुकिङ कक्षा सञ्चालनमा ल्याएको छ । सहरी क्षेत्रका ग्राहकलाई लक्षित गर्दै कम्पनीले काठमाडौंका विभिन्न स्थानमा पुर्नकक्षा सञ्चालन गर्ने भएको हो ।
देशका विभिन्न भागमा गरिएको माइक्रोवेभ कुकिङ कक्षाले पाएको सफतापछि एलजीले फेरि नयाँ कक्षा सुरु गरेको जनाएको छ । नेपालका लागि एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले कुकिङ कक्षा सञ्चालनमा ल्याएको हो ।