पुरानो बानेश्वरमा लक्ष्मी बैंकको नयाँ शाखा
काठमाडौः लक्ष्मी बैंकले काठमाडौंको पुरानो वानेश्वरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बुधबार पुरानो वानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकको काठमाडौंमा १६ वटा शाखा पुगेको छ । लक्ष्मी बैंकको शाखा सञ्जाल अब ६५, तीन विस्तार काउन्टर र एटीएम ८१ पुगेको बैंकले जनाएको छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकको रोजाइमा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकको छ ।
बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्ब १५ करोड निक्षेप संकलन गरी ४० अर्ब ३६ करोड कर्जा लगानी पुर्याएको गरेको छ । यस बैंकको वासलातको आकार ५५ अर्ब रहेको छ । सोही आवमा बैंक एक अर्ब १५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।