एनसीसी बैंकलाई आस्वा सदस्यता प्रदान
काठमाडौः नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आस्वा सदस्यता प्रदान गरेको छ ।
यस प्रणालीबाट सेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताकै खातामा रोक्का हुन्छ भने सेयर बाँडफाँडपश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिने बैंकले जनाएको छ ।
यस सेवाबाट एनसीसी बैंकमा खाता भएका ग्राहक प्राथमिक निष्कासनको समय आवेदन बुझाउँदा र चेक संकलन गर्नुपर्दा घन्टौं लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त हुने बैंकले जनाएको छ ।