हिउँदे बिदामा रम्दै विद्यार्थी

हिउँदे बिदामा रम्दै विद्यार्थी

जाडोका कारण विद्यार्थीलाई विद्यालय जान गाह्रो हुन्छ । पढ्न, लेख्न कठिन हुन्छ । कलम चलाउने साना हात जाडोमा कठ्यांग्रिन्छन् । त्यसैले जाडोमा नेपालका प्रायः सबै विद्यालयमा बिदा दिइने चलन छ । यसरी दिइएको बिदा राम्रोसँग सदुपयोग होस् भनेर हिजोआज विद्यालयले विद्यार्थी भाइबहिनीको लागि 'विन्टर क्याम्प'को सञ्चालन गर्ने गरेको छ ।

आफ्नै विद्यालयले सञ्चालन गरेको एकमहिने विन्टर क्याम्पमा सहभागी सेन्ट जेभियर्स स्कुल, जावलाखेलकी कृतिका केसी क्याम्पमा निकै रमाएकी छिन् । कक्षा एकमा अध्ययनरत उनी यो एक महिनाको अवधिभर शिविरमा धेरै साथीहरूसँग भेटघाट र घुलमिल हुँदा निकै खुसी भइन् । साथीहरूसँग खेल्दा समय बितेको पत्तो नै पाइनन् उनले । यतिमात्रै कहाँ हो र शिविरमा आयोजना हुने विभिन्न खेलमा पहिलो हुँदा पाएको पुरस्कारले उनलाई थप हौस्याएको छ ।

सोही विद्यालयकी कक्षा दुईमा पढ्ने नुम्सा लावती भन्छिन्, 'विन्टर क्याम्प साँच्चै नै राम्रो छ । हामीले दिनदिनै रमाइलो गर्दै नयाँ कुरा सिक्ने मौका पाएका छौं ।'

घट्टेकुलोस्थित एसएबी स्कुलले पनि विन्टर क्याम्पको आयोजना गरेको छ । विद्यालयका पूर्वप्राथमिक तह तथा प्राथमिक तहका विद्यार्थी सम्मिलित विन्टर क्याम्पमा विद्यार्थी जीवनोपयोगी विभिन्न कक्षाहरूमा सहभागी भएका विद्यालयका शिक्षक सुनील शर्माले बताए । हिउँदे कक्षाको आकर्षणको रूपमा विद्यालयको प्रांगणमा विद्यार्थीले घोडा चढेर रमाइलो गरेका थिए । त्योबाहेक पाक शिक्षा, बजार भ्रमण, चित्रकला, आकार निर्माण, शिक्षामूलक कार्यक्रममा पनि उनीहरू सहभागी भएका थिए । विद्यार्थीले आफ्नो अभिभावकका लागि धन्यवाद कार्ड पनि निर्माण गरेका शर्माले बताए ।

हिँउदे बिदाको सदुपयोग गर्दै सुविधानगरस्थित ट्रिटन अपोलो स्कुलले भने गायन तथा नृत्य, नाटक, चित्रकला, कागजीकला, बालप्रतिभा प्रदर्शन तथा नौलो ठाउँ घुम्ने गरी हिउँदे शिविर सञ्चालन गरिरहेको छ । विद्यालयकी इभेन्ट मेनेजर तथा भाइस प्रिन्सिपल ममता शाहका अनुसार हिउँदे शिविरमा रहेको विभिन्न कार्यक्रमबाट विद्यार्थीले आफूलाई अझै निखार्ने मौका पाएका उनले बताइन् ।

आफ्नो विद्यालयका विद्यार्थीका साथै बिदामा घर बसेका वरिपरिका अन्य विद्यार्थी र केटाकेटीलाई समेत सहभागी गराई आयोजना गरिएको हिउँदे शिविरबाट बालबालिकामा रहेको प्रतिभा उजागर गर्न मद्दत पुगेको विद्यालयका प्रिन्सिपल पूर्णचन्द्र बस्यालले बताए ।

विद्यालयका पूर्वप्रिन्सिपल एवं वर्तमान निर्देशक राजन सुवेदीले विद्यार्थीलाई कथा लेखन तथा वाचनका साथै नाटकका विविध विषयमा जानकारी गराइएको छ । त्यसैगरी संगीत शिक्षक मोहन मगर, नृत्य शिक्षक रोहित बस्नेतले संगीत र नृत्य सिकाइराखेका छन् । ३० विद्यार्थीको सहभागिता रहेको सो शिविरको अन्तिम दिनमा विद्यार्थीले सिकेका कुरा प्रदर्शन गर्ने लक्ष्य रहेको इभेन्ट मेनेजर तथा भाइस प्रिन्सिपल ममता शाहले बताइन् ।

यस्ता खालका क्रियाकलापमा सहभागी हुँदा आफूमा भएका प्रतिभा अझै निखारिने र त्यसलाई बाहिर ल्याउन पनि सहज हुने बालबालिकाको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.