अारक्षण प्रभावकारिता खाेजिँदै

अारक्षण प्रभावकारिता खाेजिँदै

काठमाडौः सरकारले निजामती सेवामा विभिन्न पिछडिएका जाति तथा समुदायलाई दिइएको आरक्षणको १० वर्षको प्रभाव मूल्यांकन गर्ने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन संशोधन गरी विभिन्न क्लस्टरलाई दिइएको आरक्षणको प्रभावकारिता, त्यसको व्यावहारिक प्रयोगलगायत विषयमा अध्ययन गर्ने प्रक्रिया अघि बढाएको छ । दोस्रो जनआन्दोलनपछि २०६४ साउन २३ गते ऐन संशोधन गरी जनजाति, महिला, दलित, मधेसी र पिछडिएको क्षेत्रलाई आरक्षण व्यवस्था गरिएको थियो ।

‘दस वर्षमा आरक्षणको मूल्यांकन गर्नैपर्ने प्रावधान छ । सोहीअनुसार आरक्षित जातिमा कस्तो प्रभाव पर्‍यो ? त्यसले के उपलब्धि दियो ? भनेर अध्ययन गर्ने प्रक्रिया अघि बढेको छ', सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले अन्नपूर्णसँग भने, ‘स्वतन्त्र परामर्शदातामार्फत हुने अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक नीति तय गर्छ ।'

कुल सिटको ४५ प्रतिशतलाई शतप्रतिशत मानेर महिला, आदिवासी, मधेसी, दलित, आपांग र पिछडिएको क्षेत्र गरी ६ वटा क्लस्टरमा समानुपातिक आरक्षणको प्रावधान गरिएको थियो । त्यसमा महिला ३३ प्रतिशत, जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ प्रतिशत र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत आरक्षण दिइएको छ ।

यो प्रावधान निजामती सेवाका सबै खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने पदमा लागू गरिएको थियो । कार्यालय सहायकदेखि प्रथम श्रेणीसम्मका पदमा आरक्षण दिइएको छ । सरकारले निजामती सेवामा दिएको आरक्षणलाई थप वैज्ञानिक बनाउँदै परिमार्जन गर्नुपर्ने समावेशीकरणका विज्ञको सुझाव छ । ‘नेपालमा विगत १० वर्षमा निजामती सेवामा भएको आरक्षण व्यवस्थाले सकारात्मक लक्ष्य प्राप्त गरेको छ', समावेशी फाउन्डेसनका अध्यक्ष डा.यामबहादुर किसानले भने, ‘यसलाई अझै वैज्ञानिक बनाएर सीमान्तकृत समुदायले विगतको क्षतिपूर्तिका रूपमा उपभोग गर्न पाउने गरी परिमार्जन गर्न आवश्यक छ ।'

सामान्य प्रशासन मन्त्रालयले विभिन्न क्लस्टरलाई दिइएको आरक्षणको प्रभावकारिता, त्यसको व्यावहारिक प्रयोगलगायत विषयमा अध्ययन गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपालको समावेशीमा विद्यावारिधि गरेका किसान नयाँ संविधानले केही कुलीन जातिलाई पनि आरक्षणको व्यवस्था गरेकाले त्यो प्रावधान भने हटाउनुपर्ने बताउँछन् । ‘आरक्षण भनेको सीमान्तकृत समुदायले पाउने अधिकार हो', किसानले भने, ‘तर खस-क्षेत्रीलाई पनि समानुपातिक प्रतिनिधित्व दिने भन्ने विषय समावेशी सिद्धान्तविपरीत छ ।'

भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, जापान, क्यानाडा, अमेरिका, मलेसियालगायत सयभन्दा बढी मुलुकमा सीमान्तकृत समुदाय-जातिलाई आरक्षण वा सकारात्मक विभेदको नीतिअनुसार कोटा प्रणाली लागू भएको छ ।

सरकारसँग विगत दस वर्षमा निजामती सेवामा आरक्षण कोटाबाट सेवा प्रवेश गरेकाहरूको एकीकृत तथ्यांक पनि छैन । कुन सिटमा कतिजनाले जागिर खाएको भन्ने तथ्यांक संकलन गर्ने तयारीमा रहेको जानकारी लोकसेवा आयोगले दियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.