जनयुद्ध लडेका परिवारसँगको सम्बन्ध कमजोर भयो : प्रचण्ड

जनयुद्ध लडेका परिवारसँगको सम्बन्ध कमजोर भयो : प्रचण्ड
सुन्नुहोस्

दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  जनयुद्धका क्रममा बलिदान दिने परिवारहरूसँगको सम्बन्ध कमजोर भएको स्वीकार गरेका छन्। उनले सम्बन्ध सुधारका लागि गम्भीर समीक्षा आवश्यक रहेको बताए। नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको अधिवेशन तथा खबरदारी सभाका अवसरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताए।

'क्रान्तिका आधार इलाकाहरू र श्वेत इलाकाका पुलहरू जीवन्त छन्। उनले भने, 'तर जनआन्दोलन र जनयुद्धका परिवारहरूसँग सम्बन्ध कमजोर भएको सत्य हो। यसलाई सुधार्न समीक्षा अनिवार्य छ।' जनयुद्धका परिवारहरूसँगको सम्बन्ध सुधार र जनताको अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

उनले मुलुकलाई आशातर्फ मोड्न जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै माओवादी आन्दोलनको बलिदान र औचित्यलाई सार्थक बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले भने,'देश विकासको सुनिश्चितताका लागि बलिदानको मूल्य बुझाउँदै अघि बढ्नुपर्छ।'

प्रचण्डले भ्रष्टाचार र भूमाफियाविरुद्ध कदम चाल्ने आफ्नो भूमिकाबारे चर्चा गर्दै मुलुकलाई भुमरीबाट आशातर्फ फर्काउन माओवादी नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। माओवादीको भविष्य छैन भन्ने कूप्रचार गलत साबित हुने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.