संसोधन गरेर मात्रै निर्वाचनको मिति घोषणा हुन्छः देउवा
तुलसीपुरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संसोधन पछि मात्रै निर्वाचनको मिति घोषणा हुने बताएका छन । संसदमा दर्ता भएको संविधान संशोधन विधेक छिट्टै पारित हुने र त्यस पछि चुनावको मिति तोकिने देउवाको दाबी छ ।
नेपाल प्रेस युनियन दाङले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेनलमा देउवाले निर्वाचनको मिति १०/१५ दिन भित्रमा घोषणा हुने र त्यस अघि संविधान संसोधन भइसक्ने बताए ।
संविधान संसोधन मार्फत मधेसी, आदीवासीका अधिकार सुनिश्चित गरेको भन्दै संशोधन भएमा देशमा स्थायी शान्ति स्थापना हुने बताए । संविधानलाई सबैको बनाउँन सकियो भने स्थायी शान्ति हुन्छ उनले भने हामीले ल्याएका उपलब्धी पनि सस्थागत भई प्रजातन्त्र बलियो हुन्छ बन्छ ।
नेपाली काग्रेस केन्द्रीय समितिले पुर्णता नपाएको भन्दै अबको केहि दिनमै पूर्णताका लागि छलफल हुने देउवाको भनाई छ ।