तीन वर्षभित्र बुटवल-गोरुसिङ्गे सडक खण्डको स्तरोन्नति सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन्।
बुटवल-गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधन सभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुङ मार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताए। उनले आगामी तीन वर्षभित्र बुटवल-गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गरे।
सिद्धबाबा सुरुङ मार्गको सफलतापूर्वक ब्रेक थ्रू पनि उपलब्धि भएको बताउँदै उनले उच्च संकल्प र आँटका साथ देशको विकासमा हामीहरू आफैंले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने बताए। प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
