आज क्यान्सरविरुद्ध अन्नपूर्णको साइकल र्‍याली

आज क्यान्सरविरुद्ध अन्नपूर्णको साइकल र्‍याली

काठमाडौः अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसका अवसरमा माघ २२ गते यो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गर्दैछ । र्‍यालीको सबै तयारी पूरा भइसकेको र हजारौं साइक्लिस्टको सहभागिता रहने नेटवर्कले जनाएको छ । र्‍यालीको नारा ‘राइड फर लाइफ' रहेको छ ।

साइकल र्‍याली बिहान आठ बजे अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालयबाट सुरु भई नयाँबानेश्वर, माइतीघर, थापाथली, कुपन्डोल, पुल्चोक हुँदै जाउलाखेल पुगेर कुपन्डोल, त्रिपुरेश्वर, सहीदगेट, कान्तिपथ, हात्तीसार, भद्रकाली, सिंहदरबार, माइतीघर हुँदै अन्नपूर्ण कार्यालय नै आइपुगेर समापन हुनेछ ।

क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन फेब्रुअरी ४ मा हरेक वर्ष विश्वभरि नै क्यान्सरविरुद्धको दिवस मनाइन्छ । अन्नपूर्ण मिडिया नेटवर्कले केही वर्षयता हरेक वर्ष यस दिन सर्वसाधारणलाई क्यान्सरविरुद्ध सचेत गराउन साइकल र्‍याली आयोजना गर्दै आएको छ । अघिल्लो वर्षको र्‍यालीमा हजारौं साइक्लिस्ट उपस्थित थिए । नेटवर्कले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.