क्यान्सरविरुद्धको दिवसमा अन्नपूर्ण मिडिया नेटवर्कको साइकल र्‍याली

क्यान्सरविरुद्धको दिवसमा अन्नपूर्ण मिडिया नेटवर्कको साइकल र्‍याली

काठमाडौ : अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसका अवसरमा आज  रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले साइकल र्‍याली आयोजना गरेको छ ।

साइकल र्यालीको उद्घाटन अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा र  स्वास्थ्यमन्त्री गगनकुमार थापा संयुक्त रुपमा गरे।

अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालयबाट सुरु भएको र्‍यालीमा हजारौं साइक्लिस्टको सहभागिता रहेको छ  र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ ।



शनिबार बिहान आठ बजे अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालयबाट सुरु भएको साइकल र्‍याली  नयाँबानेश्वर, माइतीघर, थापाथली, कुपन्डोल, पुल्चोक हुँदै जाउलाखेल पुगेर कुपन्डोल, त्रिपुरेश्वर, सहीदगेट, कान्तिपथ, हात्तीसार, भद्रकाली, सिंहदरबार, माइतीघर हुँदै अन्नपूर्ण कार्यालय नै आइपुगेर समापन हुनेछ ।



क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन फेब्रुअरी ४ मा हरेक वर्ष विश्वभरि नै क्यान्सरविरुद्धको दिवस मनाइन्छ ।

gagan_thapa3

Annapurna_Cycle_rally_inaguration03

 तस्बिरहरु: विकास कार्की/ अशोक दुलाल/सुनिता डंगोल/सहदेव चौधरी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.