शैक्षिक गुणस्तर सुधारका लागि समिति

शैक्षिक गुणस्तर सुधारका लागि समिति

ओखलढुंगा : ग्रामीण क्षेत्रका सरकारी विद्यालयमा शैक्षिक गुणस्तर खस्कदो भएको भन्दै सुधारका लागि समिति गठन गरिएको छ ।

अभिभावकको भेलाले ओखलढुङ्गाको पात्ले गाविसमा शैक्षिक अवस्था सुधार गर्न लाक्पा गेल्जे शेर्पाको संयोजकत्वमा शैक्षिक सुधारका लागि समन्वय समिति गठन गरेको छ ।

पात्ले माध्यमिक विद्यालयको आयोजनामा भएको अन्तरक्रियापछि ७ सदस्यीय समिति गठन भएको प्रधानध्यापक लाक्पा शेर्पाले जानकारी दिए । समितिलाई विद्यालय अनुगमन, नियमन, सुझाव, सल्लाह र समन्वय गर्ने अधिकार दिइएको छ ।

अन्तरक्रियामा विद्यालयका समस्याहरु र शैक्षिक अवस्थाको बारेमा विद्यालय प्रतिनिधीले धारण राखे । गाविसको शैक्षिक अवस्थामा गुणात्मक सुधार गर्दै शैक्षिक रुपमा नमुना गाविस निर्माण गर्न समिति आवश्यक भएको बालबालिका आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर लामिछानेले जानकारी दिए ।

कार्यक्रममा शिवालय मावि छेर्मादिंगले शैक्षिक अवस्था सुधारका लागि कार्यपत्र प्रस्तुत गरेका थिए ।  गाविस भित्रका १० वटा विद्यालयबाट र शैक्षिक सुधार समन्वय समितिका प्रतिनिधीसहित ११ सदस्यीय समन्वय समिति गठन भएको जनाएको छ ।

अन्तरक्रियाबाट गाविसको शैक्षिक अवस्था सुदृढीकरणको लागि १५ बुँदे घोषणापत्र जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.