चाइनिज पेस्तोलसहित एक व्यक्ति प्रक्राउ

चाइनिज पेस्तोलसहित एक व्यक्ति प्रक्राउ

कोहलपुर: चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ ।

भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। नेपाल भारतको सीमा क्षेत्र जमुनाहाबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

उनले भने,'पठानको साथबाट दुई पुरिया ब्राउनसुगरसमेत बरामद भएको छ, सीमा क्षेत्रको अपराध न्यूनीकरणका लागि नियमित चेकजाँचको क्रममा गोलीसहितको हतियार फेला परेका हौं।' पछिल्ला दिनमा भारतबाट नेपालतर्फ हतियार आपूर्ति गर्ने गिरोह रहेको सूचना आइरहेको जानकारी गराउँदै थापाले त्यसलाई निस्तेज पार्नका लागि प्रहरी लागिपरेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.