दक्षिण इरानमा ग्यास विस्फोटबाट पाँचको मृत्यु, ९ घाइते

इरान: इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। घटनामा नौ जना घाइते भएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानपछि इरानी प्रहरीले घटना सुरक्षाप्रति संवेदनशील नबन्दा भएको जस्तो देखिएको भन्दै अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताएको छ।
Sabotage suspected explosion at natural gas pipeline in #Dogubeyazit,#Agri,#Turkey on the border with #Iran#PKK
तेहरानको तल्लो क्षेत्रमा भएको एक आगलागीमा परी २६ जना इरानी नागरिक र १६ जना अग्नी नियन्त्रकको मृत्यु भएको एक महिना बित्न नपाउँदै यो दुःखद घटना भएको भन्दै राजधानीवासीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सम्बद्ध सबैसँग आग्रह गरेका छन्। रासस/एपी
प्रतिक्रिया दिनुहोस !
