काँकरभिट्टामा साहित्य उत्सव

काँकरभिट्टामा साहित्य उत्सव

काँकरभिट्टा: साहित्यकार भूपाल राईले जनजातीय साहित्य गहिरो अध्ययन नगरी लेखिने गरेको बताएका छन् । कला साहित्य उत्सव २०७३ मा आयोजित ‘जनजातीय चेतना र साहित्य’ विषयक अन्तरक्रियामा साहित्यकार राईले भने, ‘हाम्रो साहित्य प्रगतिशील साहित्य हो तर यसको अध्ययन कम भएको छ । जसरी अन्य साहित्य जम्यो, त्यसरी जनजातीय साहित्य गहिराइमा पुग्न नसक्नुको कारण अध्ययनमा कमी हुनु हो ।’

अन्नपूर्णकर्मी दीपक सापकोटाले सहजीकरण गरेको सेसनमा सहभागी अन्य साहित्यकार हेमन यात्री र चन्द्रवीर तुम्बापो पनि राईको विचारसँग सहमत थिए । उनीहरूको धारणा पनि ‘जनजातीय साहित्य विम्ब र संस्कृतिमा आधारित हुनुपर्छ’ भन्ने थियो ।सीमावर्ती काँकरभिट्टामा रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सव २०७३ बिहीबारदेखि सुरु भएको हो । उत्सवमा देशभरबाट साहित्यकार, कलाकार, पत्रकार, राजनीतिज्ञ लगायतको उपस्थिति छ । काँकरभिट्टा खानेपानी कार्यालय परिसरभित्र आयोजित उत्सवमा बिहीबार नौवटा सेसन चलेका थिए ।

‘समाजवाद उन्मुख संविधानको चिरफार’ शीर्षकको सेसनमा त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक चैतन्य मि श्रले धारणा राखेका थिए । नेपाली कम्युनिस्ट आन्दोलनको झापा विद्रोहबारे चर्चा भएको थियो । उक्त आन्दोलनमा होमिएका नेकपा मालेका महासचिव सीपी मैनालीले झापा विद्रोहको औचित्यका बारेमा बोलेका थिए । अन्य वक्ताहरूमा एमाले सांसद रविन कोइराला र भारतीय कम्युनिस्ट नेता अभिजित मुजुमदार थिए । उनीहरूले नेपालमा कम्युनिस्ट आन्दोलनको बिजारोपणका बारेमा बोलेका थिए ।

त्यसपछिको सेसन ‘झापा केन्द्रित लेखन र प्रकाशन’मा खगिन्द्रा खुसी, चूडामणि वशिष्ठ र कृष्ण बरालबीच अन्तरक्रिया गरिएको थियो । त्यसको सहजीकरण साहित्यकार लीला अनमोलले गरेकी थिइन् । ‘संविधान घोषणापछिको सकस’ विषयक अन्तरक्रियामा तुलानारायण साह, नारायण वाग्ले र बिन्दा पाण्डेबीच बहस चलेको थियो । ‘वैदेशिक सहयोग र लोकतन्त्रको संकट’ विषयको बहसमा देवेन्द्रराज पाण्डे थिए । कार्यक्रमको प्रस्तुतकर्ता भाष्कर गौतम थिए ।

‘नेपालको वित्तीय नीति’ विषयमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडा बोलेका थिए । मूर्ति र मूर्तिकारका विषयमा राखिएको ‘मूर्ति, मूर्तिकार र समाज’ विषयक बहसमा अमिर सुन्दास, विजय श्रेष्ठ र जीवन पौडेलबीच बहस चलेको थियो ।‘नेपाली साहित्यमा नारीवाद’ विषयक बहसमा सीमा आभास, हरिमाया भेटवाल र अर्पणा थापा सहभागी थिए; जसको सहजीकरण पत्रकार तथा साहित्यकार नारायण वाग्लेले गरेका थिए ।

कार्यक्रममा कवि प्रणिता कोयू, ज्योति भट्टराई, टीका भाइ, दीपक सापकोटा, चन्द्रवीर तुम्बापो, सरिता तिवारी, संगीत श्रोतालगायतले कविता वाचन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.