नेपथ्यसँग झुम्यो बुटवल

नेपथ्यसँग झुम्यो बुटवल

बुटवल:
यानिमाया, बटौलीको बजारमा, यानिमाया
यानिमाया, चुरेटाको दोकान, यानिमाया
गीत गाउँदै बुटवलको स्टेजमा चढेका अमृत गुरुङसँग बटौलीवासी करिब साढे दुईघन्टा झुमेका छन् । नेपथ्यले एकताका लागि संगीत नारा दिएर नेपथ्यले शनिबार साँझ बुटवललाई संगीतमय बनाएको हो ।

‘चुनावको घोषणा भएको छ । हामी आफ्नो ठाउँबाट जुटेर लागौं है, भन्दै नेपथ्यका अमृतले ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, बोलको गीत गाउँदा बुटवलको कालिका माविको प्रांगण थर्किएको थियो । झन्डै पाँच हजार सहभागीले अमृतको समूहलाई राति ९ बजेसम्म साथ दिएका थिए ।नेताहरूले मिलेर बसेका नेपालीलाई जात, धर्मका आधारमा विभाजन गर्न खोजेको भन्दै उनले युवाहरूलाई त्यसको पछि नलागी मिलेर बस्न सुझाए ।

तत्कालीन द्वन्द्वको घाउमा मुलुक डुबेको बेला सांगीतिक माहोलमार्फत सुन्दर शान्त नेपाल बनाउने देशव्यापी अभियान सुरु गरेको नेपथ्यको क्रेज संगीतप्रेमीबीच अझै पनि उस्तै छ भन्ने प्रमाणित बुटवलले गर्‍यो । भेडाको ऊनजस्तो, मेरो नेपाल, जोगले हुन्छ भेट, मै नाचेँ छम् छम्, कोसीको पानीलगायतका गीत गाउँदै अमृतले दर्शकलाई आफ्नो सांगीतिक यात्राको २५ वर्ष पुराना याद दिलाएका थिए । गीतसंगीतसँगै विभिन्न जातजाति, भाषा, धर्म र क्षेत्रको नाममा भइरहेको लडाइँ झगडा समाप्त गर्न र आउँदै गरेको निर्वाचनमा आफ्नो मनले खाएको र देशले चाहेको उम्मेदवारलाई भोट हाल्न पनि उनले दर्शकलाई आग्रह गरे ।

प्रस्तुतिकै क्रममा अमृतले बुटवलको प्राकृतिक र आधुनिक सुन्दरताको पनि वर्णन गरे । ‘पहिले प्राकृतिक सुन्दरताले भरिएको बटौली बजार आज विकासका पूर्वाधार निर्माणसँगै ठूलो र आधुनिक बुटवल भएको छ सानो सानो क्षेत्र जोडिएर ठूलो सहर बनेजस्तै बुटवलवासीको मन पनि ठूलो बनोस् ।’ अमृतलाई किबोर्डमा सुरज, ड्रम सेटमा धु्रव, गितारमा निरज, बेस गितारमा सुबिन र मादलमा शान्तिले साथ दिएका थिए । कन्सर्टबाट बचेको रकम अभियान अनाथ आ श्रमलाई प्रदान गरिने आयोजक सन्तोष टण्डनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.