नेपालगन्ज गोल्ड कप आजदेखि

नेपालगन्ज गोल्ड कप आजदेखि

नेपालगन्जः नेपालगन्जमा विहीबारदेखि टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिता आज (बिहीबार) देखि हुँदैछ । प्रतियोगिता उद्घाटन खेल साविक विजेता सुदूरपश्चिम-११ र दिल्ली युनाइटेका बीचमा हुने आयोजकले जनाएको छ ।

तीन जना विदेशी खेलाडी भित्र्याएको साविक विजेता सुदूरपश्चिम यस पटक अझ बलियो भएको दावी गरेको छ । सुदूरपश्चिमका ब्यवस्थापक सुरेश हमालले विदेशी खेलाडी भित्र्याएपछि टीम अझ बलियो बनेकाले उपाधि जित्ने साँेचका साथ नेपालगन्ज आएको बताए ।

आफ्ना खेलाडीहरु निरन्तर प्रतियोगिता खेलिरहेकाले फिट रहेको बताउँदै हमालले मिड फिल्ड र दुई जना फरवार्ड विदेशी राखिएको जानकारी दिए । टीम क्याप्टन प्रणय अन्जानले धेरै अभ्यास खेल खेलेर आएको टीमको सेटिङ राम्रो रहेको बताए ।

दिल्ली युनाइटेड पनि नेपालगन्ज गोल्ड कप लैजाने तयारीका साथ आएको जनाएको छ । प्रशिक्षक अनसुल कटियारले दुई दिनअघि मात्रै भारतीय लिगमा दोस्रो डिभिजन छनौट भएर आएकाले खेलाडीहरु उच्च मनोबलका साथ मैदानमा उत्रीने दावी गरे । क्याप्टन डन लेप्चाले यूवा खेलाडीहरुलाई मौका दिएर आएको बताए ।

बाँके जिल्ला फुटवल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ वटा टीमले सहभागिता जनाउने भएका छन् । उक्त प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने भएका छन् ।
विजेताले पाँच लाख रुपैयाँका साथ कप, दोस्रो हुनेले दुई लाख ५१ हजार पाउने संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । प्रत्येक खेलमा म्यान अफ म्याच हुनेलाई एक थान लेनेभो मोबाइल, बेष्ट गोल किपर, बेष्ठ डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्कोरर र बेष्ट कोचलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने शाहीले बताए ।

प्रतियोगिताको समूह ‘क‍' मा सुदूरपश्चिम-११, दिल्ली युनाइटेड, संकटा र सशस्त्र प्रहरीको एपीएफ क्लव, समूह ‘ख‍' मा नेपाल प्रहरी, नेपालगन्ज-११, मनाङ मस्र्याङ्दी र रुपन्देही-११ रहेका छन् ।
फोटोः सुदूरपश्चिम र दिल्लीका टीम प्रशिक्षक तथा क्याप्टन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.