नारी दिवसमा आपत्तिजन ट्वीट गर्ने राम गोपाल वर्माविरुद्ध मुद्दा
एजेन्सीः महिला दिवसको अवसरमा आपत्तिजनक ट्वीट गरेपछि बलिउड फिल्म निर्माता रामगोपाल वर्मा सबैतिरबाट घेरिएका छन् । यही कारणले उनलाई नसोचेको सङ्कट आइलागेको छ।
महिला दिवसमा सनी लियोन तर्फ संकेत गर्दै वर्माले आपत्तिजनक ट्वीट गरेका थिए । उनले ट्वीटमा लेखेका थिए 'म चाहान्छु संसारका सबै महिलाले पुरुषहरुलाई यस्तो खुसी दिन सकुन, जति सनी लियोन दिइरहेकी छिन् ।'
वर्माले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनीमाथि तीब्र गालीको वर्षा भएको छ । महिला अधिकारवादी संस्थाले उनीविरुद्ध मुद्धा समेत दायर गरेका छन् ।
फिल्म मजदुरले उनलाई सेटमा बहिस्कार गर्ने निर्णय गरेका छन् । फिल्म सेटिङ तथा लाइट मजदुरका अक्ष्यक्ष राम कदमले ट्वीट मार्फत महिलामाथि विवादास्पद ट्वीट गर्ने रामगोपाल वर्मालाई फिल्म सेटमा प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।
एनपीसीकी नेतृ विद्या चौहाणले ट्वीटको विषयमा राम गोपालले माफी माग्नु पर्ने अन्यथा चप्पलले पिट्ने भन्दै धम्की दिएकी छिन्। ठट्टाको भरमा गरेको ट्वीट निर्माता वर्माका लागि अभिशाप भएको छ।