दिदीबहिनी कप महिला भलिबलको समूह चरण पूरा
![दिदीबहिनी कप महिला भलिबलको समूह चरण पूरा](https://annapurnapost.prixacdn.net/media/albums/vallybal-58c152fef27e11.99100161_iJR50M2ae9.jpg)
कुश्माः पर्वतमा जारी प्रथम दिदिबहिनी कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहिबार सदरमुकाम कुश्माबजारस्थित नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको समूह चरणको खेल समाप्ति पश्चात समूह 'ए'बाट एपीएफ र नेपाल पुलिस तथा समूह 'बी'बाट न्यूडायमण्ड र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह 'ए'बाट एपीएफ समूह बिजेता र पुलिस उपविजेता तथा समूह 'बी'बाट न्युडायमण्ड विजेता र आर्मी उपविजेता बन्दै अन्तिम चारमा पुगेका छुन् ।
सेमिफाइनमा समुह एको विजेता एपीएफले समुह बीको उपविजेता आर्मीसँग तथा समुह बीको बिजेता न्युडायमण्डले समूह 'ए'को उपबिजेता पुलिससँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले आफ्नो समूहको दुवै खेल जित्दै ६ अंकका साथ समूह विजेता बन्यो ।
पुलिसले भने एपीएफसँग हार र आयोजक दिदिबहिनी रेडियोमाथि जित निकालेपछि ३ अंक प्राप्त गरी समूह उपविजेता बन्यो ।
बिहिबार एपीएफले दिदिबहिनीमाथी २५-४, २५-६ र २५-६ को सोझो सेटमा जित निकाल्यो । पुलिसले पनि रेडियो दिदिबिहीनीलाई २५-१२, २५-१४ र २५-१२ को सोझो सेटमा हरायो । समूह 'बी'को न्यूडायमण्डले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५-९,२५-१३ र २५-८ ले हराउदै प्रतियोगितामा विजयी सुरुात गरेको थियो ।
दोस्रो खेलमा पनि आर्मीमाथि २५-१४, २५-१२ र २५-२१ को सोझो सेटमा हराउदै सत प्रतिशत जितका साथ समुह बिजेता बन्यो । उक्त समुहको उपविजेता आर्मीले पहिलो खेल गुमाएपनि पश्चिमाञ्चलमाथि रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पश्चिमाञ्चलमाथि २४-२६, २५-२०, २५-२२, २३-२५ र १५-११ ले जित निकाल्दै समुह उपविजेता बन्यो । शुक्रबार सेमिफाइनल र फाइनल खेल सम्पन्न हुनेछन् ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी तेस्रो हुने टिमले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)