नेपाललाई तेस्रो झड्का : सागर पुन आउट

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा सागर पुन आउट भएसँगै नेपाललाई तेस्रो झड्का लागेको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रनमा आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भएका छन्। त्यसैगरी सागर पुन १० रन बनाएर आउट भएका हुन । १२.५ ओभरको खेल समाप्त हुँदा नेपालले तीन विकेटको क्षतिमा ४५ रन बनाएको छ।
प्रतिक्रिया दिनुहोस !
