विद्या कोठीकी मालिक्नी
प्रदर्शनको तयारीमा रहेको हिन्दी चलचित्र ‘बेगम जानु'को प्रमोसनमा जटेकी बलिउड नायिका विद्या बालन आफ्ना शभचिन्तकसँग झोक्किएकी छन् । चलचित्र प्रवद्र्धनका लागि कोलकाता पगेकी उनलाई एकजना शभचिन्तकले अनमतिबिना छोएपछि उनी रिसाउनका साथै झोक्किएकी हन् । यस चलचित्रको टिजर सार्वजनिक भएपछि मिश्रित प्रतिक्रिया आएको छ ।
कतिपयले विद्यालाई एअरपोर्टमा घोचपेच पनि गरेका थिए । विद्याले रिसाउँदै ‘म पब्लिक फिगर भए पनि पब्लिक प्रपर्टी (सार्वजनिक सम्पत्ति) होइन' भनेर रिस पोखेकी छन् । विद्यालाई एकजना फ्यानले सेल्फी लिन आग्रह गरेका थिए । उनले फ्यानको मन राख्न स्वीकार गरिन् । जब उनले सेल्फीका लागि मञ्जरी जनाइन्, त्यस बेला ती फ्यानले गलत तरिकाले विद्याको शरीरमा हात राखेका थिए ।
गलत तरिकाले आफ्नो शरीरमा हात राखेपछि विद्याले उनलाई गाली गरेकी थिइन् । चलचित्र ‘बेगम जान’मा विद्याले कोठीको मालिक्नीको भूमिकामा अभिनय गरेकी छन् । एजेन्सी