रसुवामा पिकअप दुर्घटना : सात जना गम्भीर घाइते

 रसुवामा पिकअप दुर्घटना : सात जना गम्भीर घाइते

त्रिशूली : पर्यटकीय हिमाली रसुवाको उत्तरी भेगमा रहेको भोटेकोशी नदीमा पिकअप गाडी दुर्घटना हुँदा त्यसमा यात्रारत चिनियाँ नागरिकसहित सात गम्भीर घाइते भएका छन्। रसुवाको टिमुरे नजिकै आइतबार साँझ भएको दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ।

सदरमुकाम धुन्चेदेखि २० किलोमिटर उत्तरमा रहेको गोसाइकुण्ड गाउँपालिका २ मा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको वा ८ च ७७७५ नम्बरको पिकअप दुर्घटना हुँदा आयोजनामा कार्यरत चिनीयाँ नागरिक २३ बर्षीय जोहोसु गोभ, आयोजनामा कार्यरत अन्य चार र दुई जना सर्वसाधारणसहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

घाइतेलाई थप उपचारका लागि काठमाडौ लगिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए। रसुवागढी जलविद्युत आयोजनाको पिकअप टिमुरेबाट तातोपानीतर्फ जाने क्रममा विपरित दिशाबाट आइरहेको बा १५ च ९३७२ नम्बरको स्कोपिर्योसँग ठोक्किएर ५० मिटर तल भोटेकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। पिकअप दुर्घटनामा रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको चिनियाँ कम्पनी सिडव्लुइमा कार्यरत एक चिनीयाँ, चार नेपाली कर्मचारी र दुई जना स्थानीयसहित सात जना घाइते भएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए।

घाइते हुनेमा रसुवाको सरमथली घर भएका सवारी चालक २७ वर्षीय टीकाराम तामाङ, सुर्खेत थुमखर्कका ३६ बर्षीय सुरवीर घर्ती, बर्दिया शाहपुरका २५ बर्षीय भरत थारु, सोही स्थानका ३० बर्षीय हरिप्रसाद थारु, रसुवाको थुमनका ४२ बर्षीय मिङमर गाल्जेन र सोही स्थानका ४५ बर्षीया पेमा डोल्मा रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने प्रहरीले पिकअपलाई ठक्कर दिने स्कोर्पियोका चालकलाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.