६३ वर्षीय १२ केजीका पौडेलले के भने प्रधानमन्त्रीसँग ?
काठमाडौंः ६३ वर्षको उमेर भएर पनि १२ किलो तौल भएका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले बुधबार प्रधानमन्त्रीसँग भेट गरेका छन्। संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा उनले ‘गिनिज बुकु'मा नाम लेखाउन पहल थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै गिनिजबुकमा नाम लेखाउनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् ।
बुधबार बिहानै बालुवाटारमाभएको भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने बताए ।
त्यस्तै दाहालले पौडेलको जीविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने उनले बताए ।
अर्घाखाची जिल्लाको ठूलापोखरा २ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् ।