मधेशी मोर्चाका कार्यकर्ताले गाउँपालिकाको बोर्ड जलाए

मधेशी मोर्चाका कार्यकर्ताले गाउँपालिकाको बोर्ड जलाए

महोत्तरी : स्थानीय निकायको निर्वाचनको विरोध गर्दै मधेशी मार्चाका कार्यकर्ताले बुधबार महोत्तरीको भंगहा गाउँपालिकाको बोर्ड झिकेर जलाएका छन्।

मोर्चाका कार्यकर्ताले कार्यालय परिसरमा कार्यालयको बोर्ड जलाएर कार्यालयमा ताला बन्दी समेत गरेका छन्।

मधेसी मोर्चाले निर्वाचन अगावै संविधान संशोधन गरे मात्र चुनावमा भाग लिने जनाउँदै निर्वाचनको विरोधमा गाउँपालिकामा तालाबन्दी गरेका हुन्।

घटना स्थलमा सितापुर प्रहरी चौकीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरी डीएसपी दीपक पोखरेलले बताए। ‘भंगहा गाउँपालिकामा ताला बन्दी भएको हामी खवर पाएका छौं। थप घटना बुझ्न प्रहरी टोली पठाएका छौं,’ डिएसपी पोखरेलले भने।

चैत्र ३ गते पूर्वशिक्षा मन्त्री गिरिराजमणी पोखरेल, प्रहरी प्रशासन र सर्वसधारणको उपस्थितमा भंगहा गाउँपालिकामा एक समारोहका बोर्ड झुण्डाएर गाउँपालिकाको कार्यालयको शुभ आरम्भ गरिएको थियो। सरकाले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.