मोरङ दुर्घटनामा मृत्यु भएकाको सनाखत
दमकः पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङ कानेपोखरीमा बस र मोटरसाईकल आपमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउने चारै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाईकलमा सवार अन्दाजी १८-२० बर्षका लेटाङ-३ का तिलक लिम्बु र देबेन्द्र लिम्बु तथा बसमा रहेका रुपन्देहीका पुरोषोत्तम सुबेदी र सोही ठाउकी टिका सुबेदी रहेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए । दुई जनाको अवस्था गंभीर रहेको छ ।
गंभीर घाईते हुनेमा रुपन्देहीकी ईशरा बन्जरा र एक जनाको सनाखत हुन बाकि रहेको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीका प्रहरी निरिक्षक मेघराज थापाले जानकारी दिए । बन्जराको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ भने अर्का गंभीर घाईतेको बिराट नर्सिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा राखिएको छ । अन्य २१ जना घाइते भएका छन् । बुधबार बेलुका कांकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र मे ४ प ८५११ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको थियो ।
मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बससँग ठक्कर खादा अनियन्त्रित भएको बस रुखमा ठोक्किएर क्षतबिक्षत भएको थियो । घाइतेहरुमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन् । घाईतेहरुको बिराटनगर, धरान, दमक र बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।