घर निर्माणका लागि भूकम्पपीडितलाई पाँच करोड रुपैयाँ वितरण
काठमाडौंः नेपाल रेडक्रस सोसाइटीले भूकम्प पीडित ३८९ घरधुरीलाई दोस्रो किस्तावापतको रकम वितरण गरेको छ। रेडक्रसले प्रत्येक घरधुरीलाई १ लाख ५० हजार रुपैयाँका दरले घर निर्माणका लागि रकम वितरण गरेको हो।
नेपाल रेडक्रस सोसाइटीले सुरक्षित र भूकम्प प्रतिरोधी घर निर्माणका लागिपहिलो किस्तावापत अहिलेसम्म ६ हजार ३ सय ५० बढी घरधुरीलाई ५० हजारका दरले ३१ करोड ८ लाख रुपैंया वितरण गरिसकेको छ।
नेपाल रेडक्रस सोसाइटीले भूकम्प पीडित परिवारलाई पूर्ण प्राविधिक तथा तीन लाख रुपैयाँका दरले वित्तीय सहयोग प्रदान गरिरहेको छ।