पानीको अभावमा चैते धान रोप्न समस्या

पानीको अभावमा चैते धान रोप्न समस्या

सप्तरी: पानीको अभावका कारण जिल्लामा चैते धानको रोपाइँमा समस्या आएको छ।

जिल्लामा रहेका विभिन्न नहरबाट पानी नआएको र लामो समयदेखि पानी नपरेका कारण चैते धान रोपाइँमा समस्या आएको हो।

चैतको पहिलो सातासम्ममा धान रोपाइँ सकिनुपर्नेमा अहिलेसम्म पनि पानीको अभावका कारण रोपाइँ गर्न बाँकी रहेको हनुमाननगरका रामदेव यादवले बताए। केहीले पानीको अभाव भएपछि मेसिनबाट पानी तानेर रोपाइँ गर्न थालेका छन्। जिल्लामा सिँचाइको पर्याप्त सुविधा नहुँदा रोपाइँमा समस्या आएको हो।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार जिल्लामा गत वर्ष एक हजार ४०० हेक्टरमा चैते धान लगाइएको थियो।

दुई हजार ४०० मेट्रिक टन धान उत्पादन भएको थियो। यस्तै अघिलो वर्ष एक हजार २५८ हेक्कटरमा लगाइएको चैते धानबाट दुई हजार ५०० मेट्रिक टन धान उत्पादन भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.