बाजुरामा दुर्घटनाग्रत सेनाको विमानका पाइलटको मृत्यु : दुई घाइते

बाजुरामा दुर्घटनाग्रत सेनाको विमानका पाइलटको मृत्यु : दुई घाइते

धनगढी : बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाइलट कैलाश गुरुङको मृत्यु भएको छ।

मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक प्राविधिक र एक महिला पाइलट घाइते छन्।

विमानस्थदेखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज पल्टिएको छ । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् । जहाजमा सवार चालक दलका दुई जना घाइतेलाई सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।

एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि नेपाली सेनाको सामान बोकेर उडेको थियो।

सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.