स्थानीय उत्पादनलाई बढावा दिन व्यवसायीको माग

स्थानीय उत्पादनलाई बढावा दिन व्यवसायीको माग

भक्तपुर: जिल्लाका घरेलु तथा साना उद्योगी व्यवसायीहरुले स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिन नवनिर्वाचित जनप्रतिनिधिहरुसँग माग गरेका छन् ।
उनीहरुले स्थानीय उत्पादन महंगो भएको बहानामा आयातित उत्पादन प्रयोग गरिँदा घरेलु तथा साना उद्योगी व्यवसायीहरु पलायन हुनुपर्ने बाध्यता भएकोसमेत बताए।

स्थानीय तह निर्वाचनअन्तर्गत वैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित भक्तपुरका चार वटा नगरका प्रमुख एवं उपप्रमुखहरुको सम्मानमा आयोजित बधाई कार्यक्रममा जिल्लाका घरेलु तथा साना उद्योगी व्यवसायीहरुले नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका हुन्।

भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले सरकारले निर्देशिका नै जारी गरेर स्थानीय उत्पादन तथा वस्तु प्रयोग गर्नुपर्ने नीति बनाए पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले स्थानीय जल, जमिन, जंगल, कृषि, पशुपन्छीलगायतका स्रोतसाधनको अतिकतम उपयोग गरी लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले देशभित्रै पर्याप्त रोजगारीको सृजना, स्थानीय व्यापार र आपूर्तिको व्यवस्थापन गरी प्रतिस्पर्धी र दिगो आर्थिक व्यवस्था कायम गर्न नगरपालिकाका मेयरहरुलाई आग्रह गर्नुभयो।त्यस्तै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले स्वदेशी वस्तुको उपयोग निर्देशिका भक्तपुरका चारवटै नगरपालिकामा कार्यान्वयन गर्न माग गर्नुभयो।

उहाँले स्थानीय उद्योगले बढावा पाएमात्रै रोगजागरको अवसर सिर्जना भई युवा शक्ति विदेश पलायन हुनबाट रोकिने ठोकुवा गर्नुभयो ।
संघका पूर्वअध्यक्ष चन्दनकृष्ण श्रेष्ठलले जनप्रतिनिधिहरु नहुँदा स्थानीय कच्चापदार्थ तथा स्रोतसाधनबाट सञ्चालन हुने कुटिर उद्योग विस्थापित हुँदै आएको बताउनुभयो।

नेपाल घरेलु तथ साना उद्योग महासंघ महिला उद्यमी समितिका उपसभापति रीता अवालले महिलाहरुद्वारा सञ्चालित उद्योगहरुलाई सरकारले जस्तै नगरपालिकाहरुले पनि सहयोग दिनुपर्ने बताउनुभयो।कार्यक्रममा चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र र सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले आफ्ना नपाभित्रका घरेलु उद्योगहरुको उचित संरक्षण तथा सम्बद्र्धन गरिने प्रतिबद्धता जनाउनुभयो।

उहाँहरुले आफ्नो चुनावी घोषणापत्रमा समेत उद्योगहरुको प्रवद्र्धन गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो ।
‘नगरभित्र घरेलु तथा साना उद्योग दर्ता गर्न लाग्ने शुल्क सक्दो न्यून गर्छौं', उहाँहरुले भन्नुभयो।

त्यस्तै मध्यपुर थिमी नपाका उपमेयर अञ्जना मर्धिकर्मीले नगरभित्रका महिलाहरुलाई आत्मनिर्भर र उद्यमशील बनाउने कार्यक्रममा आफूले जोड दिने बताउनुभयो।कार्यक्रममा संघका अध्यक्ष जती र संस्थापक अध्यक्ष माधवप्रसाद प्रजापतिले मेयर तथा उपमेयहरुलाई फूलको मालासँगै स्थानीय उत्पादन मायाको चिनो प्रदान गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.