राजपाका नेताहरुको स्वतन्त्र उम्मेदवारी दर्ता

राजपाका नेताहरुको स्वतन्त्र उम्मेदवारी दर्ता

कपिलवस्तु : आन्दोलनरत राजपा नेपालमा आवद्ध नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । राजपामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामदास गुप्ताले कपिलवस्तु नगरपालिकामा मेयर पदमा र क्षेत्रीय सभापति बासुदेव प्रसाद कसौधनले उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । कपिलवस्तु नगरपालिकाका १२ वटै वडाहरुमा राजपामा आवद्ध तमलोपाका नेताहरुले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसै गरी यशोधरा गाउंपालिकाको अध्यक्षमा राजपाका रामदेव कलवारले अध्यक्ष पदमा र राकेश पाठक र मोलहु प्रसाद गुप्ताले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । स्थानीय तहमा आफ्ना मतदाता र शुभेच्छकहरुको तिब्र दबाबका कारण आफु उपमेयर पदमा उम्मेदवार बनेको कपिलवस्तु नगरपालिका स्वतन्त्र उपमेयर पदका उम्मेदवार बासुदेव प्रसाद कसौधनले बताउनु भयो । २० वर्षपछि भएको निर्वाचनमा सहभागी नभए सदाका लागि जनताबाट टाढिनु पर्ने अवस्थालाई बुझ्दै आफ्नो पार्टी आन्दोलनमा भए पनि आफूहरु स्वतन्त्र रुपमै भए पनि उम्मेदवार हुन बाध्य भएको उम्मेदवार कसौधनले बताउनु भयो ।
राजपाका नेताहरु निर्वाचनमा भाग लिने भएपछि आम सर्वसाधारणहरु निर्वाचन शान्तपूर्वक सम्पन्न हुनेमा उत्साहित भएका छन् । वन्द हड्ताल र तनाव वीच राजपाको विरोधमा निर्वाचनमा जानु भन्दा राजपाका नेताहरु स्वतन्त्र रुपले निर्वाचनमा सहभागी भएपछि अन्य प्रतिस्पर्धी दलहरुलाई निर्वाचन प्रचार प्रसारमा जान सहज भएको नेपाली कांग्रेसका प्रचार प्रसार समितिका संयोजक प्रकाश घिमिरेले बताउनु भयो ।
कपिलवस्तु नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा किरण सिंह र उपमेयर पदमा लक्ष्मी कसौधन, नेकपा एमालेका तर्फबाट मेयर पदमा रउफ अहमद खां र उपमेयर पदमा सरिता आचार्य उम्मेदवार बन्नु भएको छ । यसै गरी संघीय समाजवादी फोरमबाट मेयर पदमा अब्दुल रसिद खां, उपमेयर पदमा निलम चौधरीको उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट मेयरमा राजेन्द्र शर्मा उपमेयरमा सत्यभामा पाण्डेय, राप्रपा नेपालबाट दिपक पाण्डेय मेयर र ताहिरा खातुन उपमेयर पदमा उम्मेदवार बन्नु भएको छ ।
कपिलवस्तु नगरपालिकामा मेयर पदमा १० जना र उपमेयर पदमा १५ जना दलीय र स्वतन्त्र ढंगबाट उम्मेदवारी दर्ता भएको छ । राजपाका नेताहरु निर्वाचनमा भाग लिन उम्मेदवारी दर्तासंगै राजपाले आह्वान गरेको दोस्रो चरणको निर्वाचन वहिष्कारको घोषणाको प्रभाव न्यून देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.