तिब्बत एयरलाइन्सको काठमाडौं उडान सुरु

तिब्बत एयरलाइन्सको काठमाडौं उडान सुरु

काठमाडौं : निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्समा लगानी रहेको चीनको तिब्बत एयरलाइन्सले काठमाडौं उडान सुरु गरेको छ । एयरलाइन्सको जहाज असार ५ गते त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले तिब्बत एयरलाइन्सले छेन्दु-काठमाडौं-छेन्दु उडान अनुमति पाएको हो ।

एयरलाइन्सले सातामा चारवटा उडान भर्ने गरी अनुमति पाएको ठाकुरले जानकारी दिनुभयो । तिब्बत एयरलाइन्सले अनुमति पाएसँगै अब चीनका पाँचवटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएका छन् । यसअघि एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले चीनका विभिन्न सहरबाट काठमाडौं उडान भर्दै आएका छन् । तिब्बत एयरलाइन्सले अनुमति पाएसँगै अब चीनका विभिन्न सहरबाट त्रिभुवन विमानस्थलमा सातामा ५५ वटा उडान हुने भएको छ । यसअघि चारवटा एयरलाइन्सले सातामा ५१ वटा उडान गरिरहेका छन् ।

ठाकुरका अनुसार तिब्बत एयरलाइन्सले उडान अनुमति जेठ २९ गते नै पाएको थियो । निजी क्षेत्रको हिमालय एयरलाइन्समा ४९ प्रतिशत स्वामित्व भएको तिब्बत एयरले ए ३१९ सिरिजको विमानबाट उडान सुरु गरको हो । एयर चाइनाले छेन्दु-ल्हासा-काठमाडौं र काठमाडौं-छेन्दु गन्तव्यमा दैनिक उडान तथा अवतरण गरिरहेको छ ।

एयर चाइनाले सातामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ उडान तथा १४ अवतरण गरिरहेको छ । यसैगरी चाइना इस्टर्नले काठमाडौं-कुनमिङ रुटमा दैनिक दुई र चाइना साउदर्नले काठमाडौं-ग्वाङजाउमा दैनिक दुई उडान भर्दै आएको छ । साथै, सिचुवान एयरलाइन्सले पनि छेन्दु-ल्हासा-काठमाडौं रुटमा हप्तामा चार र हाङजाउ-सियान-काठमाडौंमा सातामा तीनवटा उडान गरी साता उडान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.