अख्तियार र राजस्व

अख्तियार र राजस्व

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा असामान्य काम गरेको छ हालै । तत्कालीन अर्थमन्त्री (डा. रामशरण महत) ले गठन गरेको कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई फरार घोषित गर्दै उनीहरू कहाँ छन्, त्यसबारे जानकारी दिनेलाई इनाम दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ, सरकारी स्वामित्वमा रहेको गोरखापत्रमा एउटा विज्ञापनमार्फत । उनीहरूलाई गिरफ्तार गर्न मद्दत गरी भ्रष्टाचारसम्बन्धी छानबिनमा सहयोग पुर्‍याउन आगह गरिएको छ, उक्त विज्ञापनमार्फत ।

यो घटनाले दुइटा फरक-फरक प्रश्न उठाएको छ । पहिलो, कुनै व्यक्तिबारे निश्चित नकारात्मक निष्कर्ष निकाली विज्ञापनमार्फत 'प्रचार-प्रसार' गर्न पाइन्छ कि पाइन्न ? यो व्यक्तिको मान, सम्मान र प्रतिष्ठासँगै उसको अपमानित नहुने अधिकारविरुद्धको कदम मानिन्छ सामान्यतया । त्यससम्बन्धी कानुनी उपचार खोज्ने सर्वाधिकार सम्बन्धित नागरिक या अख्तियारद्वारा आरोपितहरूमा सुरक्षित छ ।

तर यो विषयको अर्को पाटो पनि छ । सरकारलाई आर्थिक संकट पर्दा या ठूलो आकारमा कर छली भएको देखिएमा आंशिक रूपमै भए पनि कर असुली गर्न सरकारले 'सम्पत्ति घोषणा' गर्न र घोषित रकममा लाग्ने कर दिएबापत त्यस्ता सम्पत्तिवालालाई उन्मुक्ति दिने गरेको पाइन्छ । भारतसँगै दक्षिण एसियाका अन्य मुलुकमा यस्ता अभ्यासमार्फत सरकारले कर असुली गरेको पाइन्छ, सम्बन्धित सम्पत्ति घोषणाकर्तालाई उन्मुक्तिसहित ।

पहिलोपटक नेपालमा अर्थमन्त्रीका रूपमा डा. महतले त्यस्तो उन्मुक्ति योजना घोषणा गरेका थिए । त्यसबेला पनि अख्तियारका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले त्यस्तो उन्मुक्ति पाउनेहरूलाई अख्तियारले छानबिन गर्न सक्ने अभिव्यक्ति दिएपछि सरकारले आयोगको भनाइप्रति आपत्ति जनाएको थियो ।

संयोगले अहिले दीप बस्न्यातको नेतृत्वको अख्तियारले अर्थमन्त्रीको हैसियत डा. महतद्वारा गठित कर फर्स्योट आयोगका प्रमुख महत र अर्का सदस्य ढकालमाथि कारबाही सुरु गरेको हो । अख्तियारसँग निश्चित ऐन र कार्यकारीद्वारा गठित यस्ता आयोगका गतिविधिमाथि छानबिन गर्ने अधिकार कति छ, त्यो अर्को प्रसंग हो । सिद्धान्ततः आयोगले सरकारी कामकाजमा भएका अनियमितता र अधिकारको दुरुपयोगसँगै भ्रष्टाचारका मुद्दा हेर्न पाउँछ नै, यद्यपि 'नीतिगत' विषयमा जान पाउने उसको पूर्वको अधिकारलाई ०६३ यता बन्देज गरिएको छ । 'नीतिगत' विषयअन्तर्गत के र कस्ता प्रकारका निर्णय पर्छन्, त्यसबारे भने कानुनी क्षेत्र विभाजित छ ।

राजस्व विभाग प्रमुख तथा कर फस्र्योट आयोगका सदस्य-सचिव चूडामणि शर्मालाई अख्तियारले पहिल्यै गिरफ्तार गरिसकेको छ र महत तथा ढकालको खोजीको सन्दर्भ बुझ्न कठिन छैन । तर यहाँ केही नीतिगत विषयबारे राजनीतिक दल र सरकार पनि स्पष्ट हुनु जरुरी छ । कर फस्र्योट आयोगको 'म्यान्डेट' के हो ? उसलाई कस्तो आधार र अवस्थामा कर छुट दिने अधिकार हुन्छ ? यो मामिलामा सरकारसमेत एउटा पक्षका रूपमा प्रस्तुत हुनैपर्छ अदालतमा । अन्यथा भोलि उन्मुक्तिसम्बन्धी यस्ता विषयमा सरकारले गरेका निर्णयको विश्वसनीयता शून्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.