महत्वाकांक्षी तर आवश्यक

महत्वाकांक्षी तर आवश्यक

ऊर्जामन्त्रीको रूपमा जनार्दन शर्माले कमाएको छवि र क्षमतालाई सम्भवतः अहिले गृहमन्त्रीको रूपमा प्रयोग गर्ने कोसिस गरिरहेका छन् । वास्तवमा नेपाली समाजसँगै नेपाली सञ्चारमाध्यमहरू कसैलाई पनि छिट्टै 'हिरो' को रूपमा स्विकार्न तयार हुन्छन् । शर्माको अतीतभन्दा पृथक् र सकारात्मक रहेको ऊर्जामन्त्रीको भूमिका र कुलमान घिसिङलाई उनले दिएको स्वायत्ततालाई त्यही रूपमा लिन तयार रह्यो नेपाली सञ्चारमाध्यम ।

गृहमन्त्रीको रूपमा शर्माले प्रहरी संस्थालाई दलीय राजनीतिबाट मुक्त राख्ने, गुटबन्धी तथा निजी स्वार्थलाई निरुत्साहित गर्ने, अपराध र अपराधी नियन्त्रणमा सक्रियता बढाउन प्रोत्साहित गर्ने, प्रहरीमा थप तह थप्ने, ट्राफिक प्रहरीलाई थप भत्ता व्यवस्था गर्नेजस्ता प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रहरी शान्तिसुरक्षाको लागि सर्वाधिक जिम्मेवार संस्था हो र प्रहरी सबल हुँदा व्यक्तिगत र सार्वजनिक सुरक्षा सुनिश्चित हुन्छ । केही वर्षअघि मात्र राजधानी काठमाडौं सार्क क्षेत्रकै सर्वाधिक सुरक्षित राजधानी मानिन्थ्यो । तर माओवादी सशस्त्र विद्रोहमा प्रहरीहरू पहिलो निशाना बनाइए माओवादीद्वारा । सरकारले उनीहरूका लागि उपयुक्त तालिम र हतियार व्यवस्था गर्न सकेन । फलस्वरूप प्रहरी संस्थाको मनोबल गिर्‍यो र आम सुरक्षामा त्यसले प्रतिकूल मनोवैज्ञानिक असर पार्‍यो । त्यससँगै २०६३ को राजनीतिक परिवर्तनपछि प्रहरी नेतृत्वको छनोटमा दलीय र मन्त्री (गृह) को हस्तक्षेप बढ्न थाल्यो ।

त्यति मात्र हैन, भ्रष्टाचारमा प्रहरीका टाउकेहरू प्रयोग हुन थाले, मन्त्रीको आदेशमा । त्यसले प्रहरी राजनीतिज्ञ साँठगाँठ ट्रान्सफर र प्रमोसनसँगै भ्रष्टाचारमा पनि हुन थाल्यो । राज्यको अनुसन्धान निकाय दलीय नियन्त्रणमा भित्रिएपछि अनुसन्धान स्वतन्त्र हुन सक्ने स्थिति समाप्त भयो । र अनुसन्धानमा दलीय प्रभाव बढेपछि त्यसले अभियोग र अन्त्यमा न्यायमै प्रतिकूल परिस्थिति उत्पन्न गर्ने नै भयो । यसबीचमा अर्थात् २०६३ यता न्यायपालिकासमेत दलीय पकड या नियन्त्रणमा आइसकेको अवस्थामा प्रहरीलाई कति अराजनीतिक बनाउन सकिन्छ, त्यो सोचनीय विषय हो । तर कुनै पनि असल र साहसिक सुधारको लागि एउटा प्रस्थानबिन्दु चुन्नैपर्ने हुन्छ, जसलाई मन्त्री शर्माले पूरा गर्नेभन्दा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रहरी सुधार योजनाको सुरुआत त्यसको नेतृत्व छनोटमा पारदर्शिता प्रदर्शित गरेर हुनुपर्छ । विगत १० वर्षमा प्रहरी संस्था राजनीतिक हस्तक्षेप र भ्रष्टाचारबाट बढी पीडित भएको छ । यो दुईवटा समानान्तर प्रक्रियाको विश्लेषण र त्यसका दोषीलाई (राजनीतिज्ञ समेत) दण्ड नदिए सभा या तिनीहरूले सुरु गरेका विकृतिलाई सफा नगरेसम्म प्रहरी संस्थामा अपेक्षित सुधार धेरै कठिन हुनेछ । शर्माले प्रतिबद्धता जनाएका सुधारको नतिजा छिट्टै आएमा त्यसले मुलुकमा समेत आम या सार्वजनिक सुरक्षालाई सुदृढ बनाउनेछ । तर, एकांगी सुधारबाट समग्र सुरक्षा भाव स्थापित हुँदैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.