इजरायली पासपोर्टमा दुइ इरानी पक्राउ
काठमाडौ : इजरायलको नक्कली राहदानी(पासपोर्ट)मा फ्रान्स जान लागेका दुइ इरानीलाई भारतको मुम्बाइबाट फर्काए(इन्ट्री रिफ्युज) पछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको छ । भारतको मुम्बाइ विमानस्थललाई ट्रान्जीट बनाइ इजरायलको नक्कली राहदानीमा फ्रान्स जान लागेका दुइ इरानीको साथमा इरानको समेत राहदानी भेट्टिए पछि मुम्बाइ प्रहरीले पक्राउ गरेको थियो ।
मुम्बाइ प्रहरी र त्यहाको अध्यागमनले ओमिद डस्ली र अमिद होसिनको साथमा इजरायल र इरानको राहदानी फेला पारे पछि मुम्बाइ अध्यामगनले इन्ट्री रिफ्युज गरेको थियो । ती दुइ इरानीहरु इजरायलको नक्कली राहदानीमा यात्रा गरिरहेका थिए । शुरुमा आफुहरु इजरायली भएको वताए पनि मुम्बाइ प्रहरी इरानको समेत राहदानी भेटे पछि उनीहरुलाई त्यहाको प्रहरीले पक्राउ गरेको हो । मुम्बाइ अध्यागमनले दुइ इरानीको यात्रा शंकास्पद भएको भन्दै इन्ट्री रिफ्युज गरेको हो । विमानस्थल अध्यामगनले जाली राहदानीमा नेपाल आएका तीन इरानीलाई समेत शुक्रवार इन्ट्री रिफ्युज गरेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले मुम्बाइबाट इन्ट्री रिफ्युज भएका दुइ इरानीलाई पक्राउ गरी विभाग पठाइएको वताउनु भयो । विमानस्थल स्थित अध्यागमन कार्यालयका कर्मचारीले ती दुइ इरानीले प्रयोग गरेको इजरायलको नक्कली राहदानीमा अराइभल र डिपार्चर अनुमति दिएका छन । पछिल्लो समय विमानस्थल अध्यागमनका कर्मचारीको लापरवाहीका कारण विभिन्न मुलुकका शंकास्पद राहदानीमा अराइभल र डिपार्चर अनुमति दिइएको पाइएको छ । तर विमानस्थल अध्यागमनका कर्मचारीहरु आफुहरुले लापरवाही नगरेको र प्रविधिले धोका दिएका कारण गल्ती भएको हुन सक्ने दावी गदै आएका छन । विमानस्थल अध्यागमन प्रमुख थपलियाले पासपोर्ट रिडेबल मेसिन(पिआरएम)ले ‘ओके' नगरी आफ्ना कर्मचारीले कसैलाई पनि अराइभल र डिपार्चर नदिएको वताउनु भयो ।
पक्राउ परेका दुई इरानीको साथबाट इरानकोसमेत राहदानी बरामद ।
‘ती इरानीहरुको इजरायलको राहदानीलाइ पनि ‘पिआरएम मेसिनले ‘ओके' गरेको रेकर्ड हामीसग छ, थपलियाले अन्नपुर्णसग भन्नुभयो, अनी कसरी जथभावी अराइभल र डिपार्चर दिएको हुन्छ । मेसिनको खरावी हुन सक्छ । गृह मन्त्रालयलले ध्यान दिनु पर्यो ।' गृह मन्त्रालयले मन्त्री फेरिए पिच्छे पटक पटक अध्यागमन सुधारका योजना सार्वजनिक गरे पनि अध्यामगनको अवस्था भने देखिने गरी सुधार हुन सकेको छैन । नेपाल आउदा र नेपालबाट फ्रान्स जाने क्रममा अध्यागमनका कर्मचारीले उनीहरुले प्रयोग गरेको इजरायलको नक्कली राहदानीमा अराइभल र डिपार्चर छाप लगाइदिएका थिए ।
इरानी नागरिक डस्ली र होसिनलाई थप अनुसन्धानका लागि अध्यागमन विभागको हिरासतमा राखिएको छ । उनीहरुले इजरायली राहदानी कहा र कती मुल्यामा खरिद भएको हो भन्ने विषय खुलेको छैन । प्रारम्भीक बयानमा उनीहरुले टर्कीको स्तानवुलबाट इजरायली राहदानी खरिद गरेको वताएका छन । ती दुइ इरानी आसार १२ मा नेपाल आएका थिए । काठमाडौबाट फ्रान्स जाने क्रममा भारतको मुम्बाइमा असार १४ मा सुरक्षा जाचका क्रममा उनीहरुको साथमा दुइवटा राहदानी भेटिए पछि भारतीय अध्यागमनले पक्राउ गरी फिर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !