आर्ट काउन्सिलमा ‘प्रदर्शनी'

आर्ट काउन्सिलमा ‘प्रदर्शनी'

काठमाडौं : नेपाल आर्ट काउन्सिलमा ६ जना युवा कलाकारका कला एकैसाथ प्रदर्शनी गरिएको छ । ‘प्रदर्शनी' शीर्षकमा भएको कला प्रदर्शनीमा विवेक श्रेष्ठ, विपिन महर्जन, रविनकाजी शाक्य, राजेन्द्र बुढामगर, रोशन महर्जन र सुरज पौडेलका कलाकृति राखिएका थिए ।

प्रदर्शनीमा राखिएका कलामा प्राकृतिक दृश्य, जीवनका विविध आयाम र परिवेश झल्किने विषयवस्तु, पर्यावरण र वातावरण प्रदूषण, संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई कलाकारले क्यानभासमा पोखेका छन् । विविध विषय र परिवेश झल्कने कला प्रदर्शनीमा राखेको सहभागी कलाकार रविनकाजी शाक्यले बताए । उनले भने, ‘कलामा सपना र विपनाका विषयलाई रङमार्फत अभिव्यक्त गर्ने कोसिस गर्दै कलात्मक सौन्दर्य चेत भर्ने प्रयत्न हाम्रो छ ।'

कला आफूभित्रको अनुभूतिलाई व्यक्त गर्ने सशक्त माध्यम भएकाले चित्रमार्फत समाज, प्रकृति र संस्कृतिका विषयलाई उतारेको कलाकार विवेक श्रेष्ठले बताए । मुहारचित्रमार्फत संस्कृति र मानवीय चरित्रलाई कलात्मक रूपमा कलाकार विपिन महर्जनले चित्रण गरेका थिए । मानिसका सुनौला सपनाका विषयलाई कलाकार रविनकाजी शाक्यले क्यानभासमा प्रस्तुत गरेका थिए । शाक्यले बनाएका मूर्ति पनि प्रदर्शनीमा राखिएको थियो ।

वातावरण प्रदूषणका कारक तत्ववलाई कलात्मक रूपमा राजेन्द्र बुढामगरले क्यानभासमा उतारेका थिए । बुढामगरले मोबिल र फ्याँकिएका फोहोर वस्तुलाई प्रयोग गर्दै कला सिर्जना गरे । रोशन महर्जनको चित्रमा मानिसमा रहेको आशक्ति भाव देखियो । धर्म, संस्कृति तथा समाजका विविध आयाम र परिवेशलाई महर्जनले चित्रमा प्रस्तुत गरेका थिए ।

कलाकार सुरज पौडेलले जंगल र त्यसको महत्ववलाई समेटेर प्राकृतिक सौन्दर्यलाई चित्रमा देखाएका थिए । कल्पनाका दृश्यचित्रमा जंगल र हरियाली परिवेशको खोज पौडेलका कलामा देखियो । पाँचदिने सो कला प्रदर्शनी शनिबार सकिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.