बाढीपीडित क्षेत्रमा मधुश्रावणी

बाढीपीडित क्षेत्रमा मधुश्रावणी

राजविराज : दुई साता अघि मात्र बाढीले आक्रान्त बनाएको तिलाठीमा अहिले छुट्टै रौनक देखिएको छ । नवविवाहिता महिलाहरुको रोमाञ्चक मधु श्रावणी पर्व सुरु भएसँगै मैथिल ब्राह्मणहरुको बाक्लो बस्ती भएको तिलाठीमा अहिले मधु श्रावणी पर्वको रौनक छाएको छ ।

साँझ पर्नासाथ दर्जनौको संख्यामा नवविवाहिताहरु सोह्र श्रृंगारमा सजिएर बहिनी र साथीसंगीका साथ गीत गाउँदै फूल टिप्न निस्कदा भर्खरै खाँडो खोलाले दिएको बाढीको पीडा समेत बिर्साइ दिने गरेको स्थानीय ७१ वर्षीय योगेन्द्र झाले बताउनु भयो ।

साँझ फूल टिप्न निस्किएका नवविवाहिता रीना, काजल, रुची, रितु, सुष्मा, साम्भवीलगायतका नवविवाहिता तिलाठी कोइलाडी १ स्थित माइतमा बसेर यो पर्व मनाउँदै छिन् । रीनाको सुनसरीको दुहबीमा, काजलको सप्तरीकै भारदहमा, रुचीको गाउँनजिकै सकरपुरामा, रितुको तिलाठीमै तथा सुष्मा र साम्भवीको सिमापारी विहार कुनौली कमलपुरमा र रौआहीमा यसै वर्ष विवाह भएको उनीहरुले बताए ।

विवाहको पहिलो वर्ष साउन महिनामा १३ देखि १५ दिनसम्म पूजाआजा गरी मनाइने मधु श्रावनी पर्वका बेला पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म उनीहरु नित्य गाउँ घुमेर फूल टिप्नु पर्ने हुन्छ । शनिबार साँझ पनि हुल बाँधेर निस्किएका उनीहरुले विभिन्न प्रकारका फूल टिप्दै डाला सजाए । गाउँको पूर्वतर्फ रहेको भगवती मन्दिर पुगेर परिक्रमा गर्दै सुहाग र गौरीको परम्परागत गीत गाए । नवविवाहिताहरु हँसीमजाक गर्दै, गीज गाउँदै हिंडेपछि गाउँ नै गुञ्जायमान हुने गर्छ ।

प्रत्येक साँझ टिपिएका फूलहरुले अर्को दिन कोहबर घरमा (विवाहको रितितिथी गरिने कोठा) नाग-नागिन र शिवशक्तिको पूजा गरिने सुष्माले बताउनुभयो । गौरीका लागि रातो फूल र नागका लागि विभिन्न प्रकारका पत्तामा काजल, मेंहदी र सिन्दूरले नाग-नागिन बनाइने र त्यस्मा माटोले बनाइएको नाग-नागिन स्थापित गरेर पूजा गरिने डेजी झाले बताउनुभयो ।

विवाहको पहिलो वर्ष बेहुलीको लागि धेरै महत्वपूर्ण हुने भएकोले वर्षभरी मनाइने वटसाब्रिती, तिलासंक्रांति, कोजगरा पूर्णिमामध्ये मधु श्रावनी पर्व सबैभन्दा लामो र वृहत पर्व भएको तिलाठीका ६१ वर्षीय नागेन्द्र मि श्राले बताउनु भयो । काजल झाका अनसार मधु श्रावनी अवधीभरी बेहुलीले मांसाहारी भोजन र लसुन प्याजरहित भोजन खानुपर्ने हुन्छ । पूजाको पहिलो दिन शुक्रबार कोहबरघरको भुईमा पिठार तथा सिंदूरले अरिपन बनाएर पूजा गरिएको बताउँदै सुष्मा झाले विषहरी पूजाको लागि ठुलो हरियो पातमा पिठारले नागनागिनको चित्र कोरि माटोको भाँडोहरुमा दूध र लावा चढाइएको बताउनु भयो ।

असार १९ गते छोराको विवाह गरेका राजविराज ७ का पत्रकार बैद्यनाथ झाले नयाँ बस्त्र, चामललगायतका खानेकुराका साथै पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री शुक्रबार बुहारीको जनकपुरस्थित माइत पठाएको बताउनुभयो । यो अवधिमा ससुरालीबाट आएको अन्न, बस्त्र नै ग्रहण गर्नुपर्ने परम्परा छ।

मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले मनाउने यस पर्वमा सुखी, सफल दाम्पत्य जीवन र अखण्ड सौभाग्यको कामना गरिन्छ । यो पूजा नवविवाहिताहरुको लागि महत्वपूर्ण भएतापनि अन्य विवाहिताहरुले पनि पहिलो तथा अन्तिम दिन ब्रत बस्ने गरेको राजविराज ५ की रक्षा चौधरीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.